काठमाडौं\ सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ । चालु आव ०८०\८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको जनाएको हो । बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको आम्दानी र खर्चको मूल्यांकनका आधारमा बजेटको लक्ष्य घटाएको जनाए । उनले चालु आमवा विनियोजित बजेटको ८७।३८ प्रतिशत मात्रै खर्च हुने अवस्था रहेको बताए ।
उनले चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटलाई संशोधित अनुमानअनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुनेगरी संशोधित गरिएको जनाए । उनले पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकामा ८४.१३ प्रतिशत मात्रै खर्च हुने बताए । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री महतको भनाइ छ ।
उनले वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकामा ८७=३९ प्रतिशत खर्च हुने अनुमान गरिएको उल्लेख गरे । सरकारको स्रोतबाट राजस्व र आन्तरिक ऋण १३ खर्ब ९ अर्ब १३ करोड ४६ लाख र विदेशी अनुदानतर्फ ४० अर्ब १२ करोड ९ लाख, वैदेशिक ऋणतर्फ १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख उठ्ने संशोधित अनुमान रहेको पनि अर्थमन्त्री महतले बताए । उनका अनुसार चालुतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, २ खर्ब ५४ अर्ब रुपैयाँ पुँजीगततर्फ रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६८ अर्ब खर्च हुने अनुमान छ ।
अर्थमन्त्री महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गरे । कठिन परिवेशमा आफूले अर्थमन्त्रीको जिम्मेवारी लिएको भन्दै आफू आएपछि अर्थतन्त्रले सकारात्म लय समाएको उनको दाबी छ । उनले आर्थिक सुधारका विषयमा तत्काल परिणाम ननिस्किने भन्दै अहिले सार्वजनिक भएका सबै अर्थतन्त्रका सूचक सकारात्मक रहेको बताए । सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि वृद्धि हुने सरकारको अपेक्षा रहेको भन्दै उनले बजेट पद्धतिलाई चुस्त बनाउन अझै केही समय लाग्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्