बिराटनगर \ कोशी प्रदेशको बिराटनगरबाट टेलि सिरियल ‘बाहुनी कान्छी’ बन्ने भएको छ । बिराटनगरमा एक कार्यक्रम गरि सो घोषणा गरिएको हो । सोहि सिरियलका कलाकार ,दृश्य सम्पादक , तथा सिनेमाटोग्राफर प्रतिक श्रेष्ठको जन्म दिन मनाउदै एक भिडियो मार्फत सिरियलको नाम सार्वजनिक गरिएको हो । केहि महिना देखि सिरियल सुटिंग फ्लोरमा रहेको छ । सिरियल सुटिंगको काम धमाधम भै रहेको र चाडै ट्रेलर सार्वजनिक गर्दै सिरियल कुन साताको कुन बार देखि प्रशारणमा आउने कुराको जानकारी दिने सिरियलका लेखक, निर्देशक विकल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बरिष्ठ कलाकार विश्व बस्नेत, अग्रज बिमल भट्टराई पनि उपस्थित थिए । दिपा पोखरेल , राधा आचार्य , कल्पना पाण्डे , अनिशा न्यौपाने, पंकज बर्मा , दिव्या रेग्मी ,भरत पौदार, सोनु मिश्र, प्रतिक श्रेष्ठ , विकल श्रेष्ठ , बाल कलाकार साइना छहार, आश्रेया श्रेठको अभिनय सिरियलमा देखन सकिनेछ । उक्त सिरियल ूबाहुनी कान्छीू थ्री एम खबर युटुब च्यानल र फेशबुक पेज मार्फत हेर्न सकिनेछ ।
सोहि कार्यक्रममै निर्देशक विकल श्रेष्ठले एक भिडियो प्रस्तुत गर्दै ूबाहुनी कान्छीू को यहि टिमले दोश्रो सिरियल पनि बनाउन लागेको कुरा बताए । केहि बर्ष अगाडी काठमाडौं मा सन्तोष बास्तोलाको लेखन रहेको सिरियल ूभाड भैलोू को केहि सुटिंग भै सकेको तर सम्पूर्ण तयारी रहदा रहदै पनि प्रसारण हुन् नसकेको सिरियललाई विकल श्रेष्ठले निर्देश गर्ने र सम्पूर्ण सिरियलको जिम्मेवारी ूबाहुनी कान्छीू टिमले लिने भएको हो । पुन सुटिंग सुरु भएर प्रसारणमा आउँन लागेको सिरियल ूभाड भैलोू को लेखन सन्तोष बास्तोला कै रहने छ भने कलाकारहरु सम्भव भए सम्म पुरानो दोहोरिन चाहने लाइ स्थान दिने सम्भव न भए बाहुनी कान्छी कै कलाकार हरुको अभिनय रहने विकल श्रेष्ठले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्