काठमाडौँ\ नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठक बोलाउने र समसामयिक राजनीतिक विषयहरुमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले बताएका छन् ।
यसअघि हिजो बसेको महासचिव शंकर पोखरेल नेतृत्वको कार्यालयको बैठकले सचिवालय बैठकको कार्यसूची तय गरेको छ । एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। यस्तै एमालेले सरकारविरुद्ध आन्दोलनको तयारी पनि गरेको छ । यसका लागि जिल्लामा प्रशिक्षण, भेला र संगठन पुनः निर्माणलाई गति दिइरहेको एमालेले तल्ला कमिटीलाई आन्दोलनमा रहन निर्देशनसमेत दिइसकेको छ।
पहिलो चरणमा एमालेले सातै प्रदेशमा विरोध सभाको तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्