काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान खतरामा परिसकेको दाबी गरेका छन्।
बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधानमा देशको विगतकै नियति दोहोरिन लागेको बताए।
उनले संविधानका असंगतिमा छलफल गर्ने वेला भइसकेको चर्चा गरे। उनले देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता रहेको दावी गरे।
उनले भने, ‘संविधानका असंगतिमा छलफल गर्ने वेला भइसकेको छ। यो राष्ट्रव्यापी छलफल हुनुपर्छ। कुरा संवैधानकि परिषद्, न्यायपरिषद् र इजलासको मात्रै होइन। संविधान खतरामा परिसकेको छ। संविधान जति गणतान्त्रिक हुनुपर्ने हो त्यति भएको छैन।’
पूर्वसभामुख ढुंगानाले संविधान गणतान्त्रिक हुन नसकेको बताए।
प्रतिक्रिया दिनुहोस्