ताप्लेजुङ । प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गरेका छन् । बिहान हेलिकप्टरमार्फत पाथीभरा आएका शर्माले पाथीभराको दर्शन गरेर फर्किएको हो ।
नेपाली सेनाको हेलिकप्टरमा आएका शर्मा पाथीभराको दर्शन ९पूजापाठ० पछि सुकेटार विमानस्थल हुँदै फर्किएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उनले बताए । गत वर्ष पनि पाथीभराको दर्शनमा आउनुभएका शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताए । शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडौँ फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्