मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्य स्थिति कमजोर बन्नाले त्यस प्रति पनि चिन्ता बढ्न सक्छ । आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )दाजुभाई तथा दिदि बहिनीमा केहि असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )आर्थिक समस्या समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दा मामिला वा कामका विविध झमेलाहरूबाट पनि केहि समयलाई मुक्ति मिल्नेछ । यात्रा र सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु पर्ने छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या पनि आउन सक्छ । ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ, तर लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने दिन छ । आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । आज साथी भाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)राजनीतिक पहुँच बढ्नेछ । तर, पनि भूमि लगायत स्थायी सम्पत्तिको विषयमा भने केहि विवाद निस्कन सक्छ, सावधान रहनु होला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । विपरीत लिंगी वा केहि हितैसी मित्रहरूले साथ दिनेछन् ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तिको संगतले मान सम्मानमा चोट पुग्नेछ । आज विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, खानपानमा पनि एकदमै सजक रहनुहोला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । लुगा, भोजन र विशेष उपहार हात लागि हुनेछन् ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाई र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।
प्रतिक्रिया दिनुहोस्