Ads

वातावरणीय जागरणका लागि अध्यक्ष ओलीको गुह्येश्वरी(धाप बाँध यात्रा


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय जागरणका लागि आज गुह्येश्वरी–धाप बाँधको यात्रा गरेका छन्। एमालेको काठमाडौँ जिल्ला कमिटी आयोजनामा पूर्वप्रधानमन्त्री ओलीको नेतृत्वको टोलीले पशुपति(गुह्येश्वरीबाट बागमती करिडोर–सुन्दरीजल हुँदै आलापोटसम्मको यात्रा गरेको हो ।

यात्राका क्रममा अध्यक्ष ओलीले काठमाडौँ उपत्यकामा पानीका स्रोतहरूको व्यवस्थापन गर्ने र नदीहरूलाई सफा बनाउन यस्ता बाँध निर्माण अगाडि बढाउन अत्यावश्यक भएकाले त्यसतर्फ अविलम्ब लाग्न सरकार र सम्बन्धित निकायलाई घच्घच्याउन स्थानीयलाई आग्रह गरे ।

अध्यक्ष ओली प्रधानमन्त्री हुदा उक्त बाँध निर्माण गरी त्यहाँ सांस्कृतिक, धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धनका लागि विस्तृत परियोजना प्रतिवेदन बनेको थियो भने परियोजना कार्यान्वयन सिँचाइ एकाइ सञ्चालनमा आएको छ । गोकर्णेश्वर नगरपालिका-१ स्थित पर्ने २४ मिटर उचाइको हुने बाँध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलोमिटर दूरीमा पर्छ ।एमाले जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले बाँध निर्माण सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ यात्रा गरिएको जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू