Ads

राससले क्षमता बढाउँदै लानुपर्छ : सञ्चार सचिव सुवेदी


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले समयक्रमसँगै राससले आफ्नो क्षमता पनि बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय समाचार समितिले आफ्नो ६३ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले यसले सम्प्रेषण गर्ने समाचारमा व्यावसायिकता देखिनु पर्ने पनि उल्लेख गरे ।

राससको ग्राहक वृद्धि र भिडियो सेवा सञ्चालन हुनुलाई सुखद् मान्दै सचिव सुवेदीले सूचना प्रविधिको विकाससँगै सञ्चारका क्षेत्रमा व्यापक परिवर्तन आएको समयमा आम सञ्चारमाध्यमका स्वरूप बदलिएर प्रतिस्पर्धा पनि बढेकाले छिटो समाचार दिने नाममा गलत सूचना प्रवाह हुन सक्नेतर्फ सञ्चारमाध्यम सजग हुनुपर्ने बताए ।

“छिटो समाचार सम्प्रेषण गर्ने होडबाजीमा सञ्चारमाध्यमहरू बेलाबखत निष्पक्ष, सही र आधिकारिक सूचना दिनबाट चुक्न पुगेका छन् । कतिपय अवस्थामा पाठक, स्रोता र दर्शक सही सूचना पाउनबाट वञ्चित भई भ्रमित पनि हुन पुगेका छन्”, सचिव सुवेदीको सन्देशमा भनिएको छ, “यस परिप्रेक्ष्यमा आफूलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाई आधिकारिक, प्रामाणिक र सही सूचना सम्प्रेषण गरी सञ्चारमाध्यमको पहिलो रोजाइ बन्न राससले थप मेहनत गर्नुपर्दछ ।”

Processing…x

Ads

सम्बन्धित पोष्टहरू