Ads

राससको ६३ औँ वार्षिकोत्सव : जनताका आवाज मुखरित गराउन सभामुख घिमिरेको आग्रह


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कानुन निर्माण, संसदीय गतिविधि र जनताको आवाज मुखरित गराउन राससले प्रभावकारी उपस्थिति देखाउने विश्वास व्यक्त गरेका छन् ।

राससको ६३ औँ वार्षिकोत्सवको शुभकामना दिँदै उनले राससले पछिल्ला केही वर्षदेखि मल्टिमिडियालाई आत्मसात् गर्दै प्रविधिमैत्री समाचार एजेन्सीका रुपमा विकास गरेकोे कारण विद्युतीय सञ्चार संस्था र अनलाइन समाचार माध्यमका लागि रासस पहिलो रोजाइको एजेन्सी बन्न सफल भएको उल्लेख गगरेका छन् ।

आगामी दिनमा आफ्ना उत्पादनलाई प्रतिस्पर्धी बनाउँदै अग्रणी समाचार एजेन्सीका रुपमा उभ्याउन उहाँले शुभकामना दिएका छन् । सभामुख घिमिरेले जनताको सर्वोच्च सार्वभौम संस्था सङ्घीय संसद्को समाचार सम्प्रेषणमा राससले दिएको योगदानको उच्च कदर गर्न गर्दै संसदीय अभ्यास सुरु भएपछि नै राससले संसदीय रिपोर्टिङमा समेत अब्बल सावित गरेको स्मरण गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू