Ads

महासमिति बैठकमा नैनसिंह महरले छुट्टै प्रतिवेदन पेस गर्ने


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठकका लागि छुट्टै प्रतिवेदन तयार गरेका छन् ।

सोमबारदेखि सुरु हुने महासमिति बैठकमा छलफल गराउने गरी आफूले प्रतिवेदन तयार गरेको महरले बताए ।
पार्टीको तर्फबाट उपसभापति, महामन्त्रीहरूले प्रस्तुत गर्न १२६ पृष्ठको दृष्टीपत्र तयार पारेका हुन्। उनले भने, मैले ४ महिना अगाडी देखि नै अबको देश र काँग्रेसको बाटोको बारे सल्लाह सुझाव माग्दै आएको थिए ।

विभिन्न माध्यम मार्फत प्राप्त भएका एक लाख ३७ हजार २२१ सुझावहरूको विश्लेषणसहितको निष्कर्ष र मेरो राय समेत समेटेर प्रस्तावित १२६ पृष्ठको दृष्टीपत्र तयार गरेर आजको महासमिति बैठकमा पेश गर्दै छु।

उनले आफ्नो दृष्टीपत्र पार्टी भित्रको कुनै समूहको पक्षमा नभएर विशुद्ध गतिशील कांग्रेस, समृद्ध देशको पक्षमा रहेको बताए।

उनले भने, प्रस्तावित दृष्टीपत्र बन्द सत्रमा प्रवेश पाउने कुरामा म आशावादी छु । बन्द सत्रमा प्रवेश नपाए महासमिति सदस्यहरूको हात पुर्‍याउनेछु र प्रस्ताव गरिएका विषय काँग्रेसको सम्पत्तिका रूपमा ग्रहण गरिदिन यहाँहरूसँग साथ सहयोगको अपेक्षा गरेको छु ।

उनले केन्द्रीय समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदनमाथि असन्तुष्टि जनाउँदै आफ्नो बेग्लै प्रस्ताव आउने बताएका थिए।

Ads

सम्बन्धित पोष्टहरू