Ads

महासमिति बैठक ‘क्रोनी क्यापिटालिजम’का विरुद्ध उभिन सक्नुपर्छ : धनराज गुरुङ


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले क्रोनी क्यापिटालिजम अर्थात आसेपासे पुँजीवादले सुशासन ल्याउन नसकिएको बताएका छन् ।

पार्टीको महासमिति बैठकमा बोल्ने क्रममा सरकारका मन्त्रीसमेत रहेका गुरुङले क्रोनी क्यापिटालिजमले बाटो पहिल्याउन नसकिरहेका बताए । ‘नेताहरु व्यापारी जस्ता देखिए । व्यापारी कतै नेताहरु जस्ता देखिए,’ गुरुङले भने । क्रोनी क्यापिटालिजम कै कारणले आर्थिक सुशासन कायम गर्न नसकिएको उनले दाबी गरे ।

‘त्यसैकारणले गर्दाखेर हामीहरू अलमलिइरहेका छौं। हामीले बहस यस्तो गरी छेड्न सक्नुपर्दछ कि महासमिति बैठक सम्पन्न गर्दै गर्दा क्रोनी क्यापिटालिजमका विरुद्धमा हामी महासमिति बैठक एक ठाउँमा उभिएर एउटा आवाज लिएर अगाडि बढ्न सक्नुपर्छ’, उनले भने।

गुरुङले क्रोनी क्यापिटालिजमका कारणले आफूले खोजे जस्तो आर्थिक सुशासन कायम गर्न नसकिएको बताए। ‘आर्थिक सुशासन कायम गर्न नसक्नु भनेको भ्रष्टाचार नै हो’, उनले भने, ‘जबसम्म भ्रष्टाचार रहन्छ, तबसम्म विपन्नलाई सम्पन्न बनाउन सकिँदैन। भूइँ मान्छेलाई माथि उठाउन सकिँदैन। झुपडीलाई महलमा परिवर्तन गर्न सकिँदैन। र फेदमा बसेकालाई टुप्पोमा पुर्या।उन सकिँदैन।’

Ads

सम्बन्धित पोष्टहरू