Ads

गठबन्धनको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी हो : सभापति देउवा


काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी वर्तमान सत्ता गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताएका छन् ।

समय अगावै प्रतिनिधि सभा विघटन गरिएपछि कांग्रेसकै नेतृत्वमा गठबन्धन बनेको उनले बताए ।

कांग्रेस महासमिति बैठकको उद्घाटन सत्रलाई सोमवार ललितपुरमा सम्वोधन गर्दै देउवाले कांग्रेस गठबन्धनको पक्षमा रहेको बताएका हुन् ।

‘हामी गठबन्धनको अभ्यासमा छौं, गठबन्धनको गठबन्धनका लागि मात्र बनेको होइन । प्रतिनिधि सभा विघटन गर्ने र लोकतन्त्र कमजोर बनाउने काम भए । संविधानको रक्षाका लागि नेपाली कांग्रेसको पहलमा गठबन्धन बनेको हो’, देउवाले भने, ‘निर्वाचन पूर्वको गठबन्धनको त्यसैको निरन्तरता हो ।

संविधानको रक्षालाई हामीले प्राथमिक एजेन्डाको रुपमा लिएका छौं ।’

Ads

सम्बन्धित पोष्टहरू