Ads

बाह्रबिसेमा बोलेर दुर्घटना , ४ जना घाइते २ जनाको घटनास्थलमै मृत्यु


सिन्धुपाल्चोक । बाह्रबिसे न.पा वडा नम्बर ७ स्थित नागपुजेमा बोलेर दुर्घटना भएर ४ जना घाइते भएका छन् भने २ जनाको घटनास्थलमा नै मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

बाह्रविसेको श्यासाधुबाट आउँदै गरेको बा १२ च ४९९१ नम्बरको बोलेर नागपुजे नजिकैबाट ७० मिटर तल खोलामा खस्दा स्थानीय दिलकुमारी प्रधान र लालकुमारी प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा चालक विक्रम थापासहित यात्रुहरु पुस्कर थापा,गोपाल थापा र खडगकुमारी श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुको बाह्रविसे प्राथामीक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू