काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बुधबार बजार ६.४६ अंकले घटेर २०२६ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजारको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १२ वटा उपसूचकमा राताम्मै भएको छ ।
बजारमा गिरावट आउँदा पिपुल्स हाइड्रोपावरको सेयर मुल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.८४ प्रतिशतले बढेको छ । त्यसैगरी हिमालयन हाइड्रोपावरको ४.२६ प्रतिशत, त्रीशुली जलविद्युतको ४.२३ प्रतिशत, हिमालयन ८०–५० को ४.११ प्रतिशत, मैलुङ खोला जलविद्युतको ४.०५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्