Ads

२०८० फागुन ११ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । ब्यापारमा पनि घाटा सहनुपर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )चल–अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला । प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )व्यापारिक वा दैनिक काम सन्तोषजनक रुपमा सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, एकदमै सजक रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ । आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज तपाइको धन लाभको योग छ । नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पूराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । कृषिको कामबाट विशेष लाभ होला । आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ । लेनदेको काम पनि नगरेकै बेश होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, य व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीको सम्भावना छ, खानामा एकदमै सजक रहनु होला । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला । धनको नाश हुन सक्छ । साथै, प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । साथै, मनमा केहि दुविधा पनि रहला । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मन हर्षित रहला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )खर्चभन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । बैदेशिक क्षेत्रको लगानी फाइदै होला । कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छा शक्ति पनि बढ्नेछ । पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जाँगर थपिने देखिन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )वादविवादको सामना गर्नुपर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ, घर परिवारमा केहि मनमुटाव होला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । तर, सफलता भने प्राप्त हुने छैन । ब्यर्थै समयको नाश होला ।

Ads

सम्बन्धित पोष्टहरू