Ads

१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोध र अडानपछि आजको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बैठक सुरु हुनासाथ प्रतिपक्षहरूले विशेष समयमा बोल्दै सरकारले बालकुमारी घटनालगायत समसामयिक विषयहरूमा प्रधानमन्त्री वा गृहमन्त्रीले चित्तबुझ्दो जवाफको माग गरेका थिए।

केहीबेरपछि सत्तापक्षबाट बोलेका राजेन्द्र केशीले प्रतिपक्षका कारण हिजोको बैठकमा गणपूरक संख्या नपुगेको आरोप लगाएपछि एकाएक माहोल तातेको थियो।

सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक-पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

Ads

सम्बन्धित पोष्टहरू