Ads

टीआरसीमा एमालेको मत यथावत छ : सचेतक बर्तौला


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुङ्ग्याउनुपर्ने बताएका छन ।

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

सचेतक बर्तौलाले नागरिकहरुले टिआरसी विधेयकलाई अझै कति अड्काउने भन्ने प्रश्न गरिरहेको भन्दै यसलाई छिटो सम्बोधन गर्न जरुरी रहेको बताए । उनले समितिमा उठेका विषयहरुलाई छलफल गरी छिटोभन्दा छिटो पीडितमैत्री कानुन बनाइ पारित गर्न आवश्यक रहेको जानकारी दिए । उनले सङ्क्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुङ्ग्याउन जरुरी रहेको बताए ।

‘‘यो कुरा हामी अझै कति अड्काउने ? यसमा प्रश्न उठेको छ । हामीले पनि यो बिचमा छलफलका क्रममा उठाएका महत्त्वपूर्ण विषयहरुमा कसरी अघि जाने भन्नेकुरामा सभापतिले फिनिसिङ कसरी आउँछ भन्नेकुरामा त्यसको आधारबाट यो तत्काल अहिले टुङ्गिने वा प्रक्रियाबाट, समय लिने भन्नेकुरा हुन्छ ।,’’ सचेतक बर्तौलाले भन्नुभयो, ‘‘यो महत्त्वपूर्ण छ, राजनीतिक प्रकृतिको विषय हो, लामो समयदेखि अप्ठ्यारो हुँदै आएको विषय हो, छिटो गुर्नपर्छ भन्नेमा सबैको सहमति छ । समितिमा उठेका चार विषयमा केही साँघुरो हुन खोजेको छ, त्यसलाई एक ढङ्गले फिनिसिङ गरेर गयो भने समितिको मात्रै वर्नरसिपको कुरा हुँदैन । सबैले वर्नरसिप लिने किसिमको कुरा हो ।’’

सचेतक बर्तौलाले सबैले न्याय पाएको महशुस हुनेगरी विधेयक टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

Ads

सम्बन्धित पोष्टहरू