काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले पत्रकार तथा लेखक विमल नेपालद्वारा लिखित उपन्यास ‘पीपला’ र सागर खड्काकाे ‘राइपाली भञ्ज्याङ’ पढ्न सुरु गरेका छन ।
‘पीपला’ र ‘राइपाली भञ्ज्याङ’ पढिरहेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले पुस्तक पढ्न थालेको जनाएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्राप्त सुझावहरूकै आधारमा आफूले ‘पीपला’ र ‘राइपाली भञ्ज्याङ’ पढ्न सुरु गरेको उनले बताएका छन् । सरसर्ती हेर्दा राइपाली भञ्ज्याङले सय वर्ष अगाडिको लाहुरे संस्कृति र पीपलाले विगतको सशस्त्र हिंसाबारे चर्चा गरेको रहेको उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्