Ads

सापकोटालाई शाहीको जवाफ: गुड्दै गरेको बसमा बम पड्काएर आएको होइन


काठमाडाैँ ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले राजीनामा मागेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाही आक्रोशित बनेका छन् ।

आक्रोशित बनेका उनले आफू ९ वर्षको बच्चाको घाँटी रेटेर र गुड्दै गरेको बसमा बम हानेर नभइ जुम्लाका जनताको मन र मत जितेर आएको जवाफ फर्काए ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा माओवादी सांसद सापकोटाले संसदीय मर्यादाविपरीतका गतिविधि गर्नेलाई राजीनामा गरेर जाने छुट रहेको बताएका थिए । आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद शाहीले आफू गुड्दै गरेको बसमा बम हानेर र बच्चाको घाँटी रेटेर नआएको भन्दै जवाफ फर्काएका हुन् ।

शाहीको भनाइलाई लिएर माओवादीका मुख्य सचेतक हितराज पाण्डेले जसरी ‘घाँटी रेटेको’जस्ता शब्द संसदीय अभ्यासअन्तर्गत नरहेको भन्दै नियमापत्ति गरे । पाण्डेको नियमापत्तिप्रति नेपाली कांग्रेसका सांसद डा सुनिल शर्माले आपत्ति जनाए । ‘गरिमामय संसद्मा एउटा सांसद बोल्दा सत्तापक्षका सांसदले यसरी नियमापत्ति गर्न पाइँदैन,’ शर्माले भने ।
आफू आलु र गोबरको गठबन्धनलाई हराएर आएको भन्दै राप्रपाका सांसद शाहीले कसैले माग्दैमा राजीनामा नदिने बताए । आइतवारको बैठकमा पनि सांसद सापकोटाले व्यवस्थाका बारेमा चाहिनेभन्दा बढी अनर्गल प्रचार गरेको भन्दै राप्रपा सांसद शाहीको विरोध जनाएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू