काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले अहिलेको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने बताएका हुन् ।
एमालेले बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामस्क प्रकरणमा मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ । अध्यक्ष ओलीले राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने जिकिर गरे ।
समाजवादी मोर्चामा सहभागी हुन बोलाइरहेको छ नि भन्ने संचारकर्मीको प्रश्नमा ओलीले समाजवादी मोर्चाबारे थाहा नभएको प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस्