Ads

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : अग्नि सापकोटा


काठमाडाैँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताएका छन् ।

आईतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ उनले विश्वकै लागि मोडेलको रूपमा रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गरे ।

उनले गणतन्त्र अझ बढी उन्नत ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए ।

प्रवक्ता सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धुमिल बनाउने कुनै पनि प्रयास सफल नहुने पनि बताए । प्रवक्ता सापकोटाले मुलुकलाई अग्रगामी बाटोमा अघि बढाउन अग्रमगनका पक्षधर शक्तिहरू बीच सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।

Ads

सम्बन्धित पोष्टहरू