Ads

स्वास्थ्य मन्त्री बस्नेतले पेश गर्ने प्रस्ताव कार्यसूचीबाट हटाएपछि,प्रतिनिधिसभा बैठक पुनः सुरु


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले प्रस्ताव पेश गर्ने विषय संसद्‌को कार्यसूचीबाट हटाइएपछि प्रतिनिधि सभाको बैठक पुन: सुचारु भएको छ ।

विवादमा परेका तीन मन्त्री प्रकाश ज्वाला, मोहन बस्नेत र सुधन किराँतीको राजीनामा माग गर्दै एमालेले सोमवारको पहिलो बैठक अवरुद्ध गरेको थियो ।
बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीको तेस्रो नम्बरमा रहेको विषय हटाइएको जानकारी गराए । कार्यसूचीको तेस्रो नम्बरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत कार्यभार सम्हालेका स्वास्थ्य मन्त्री बस्नेतले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने थियो ।
एमालेले राजीनामा गरेको मन्त्रीले संसदमा प्रस्ताव पेश गर्न नमिल्ने भन्दै एमालेले विरोध जनाएको थियो ।

ललिपुरको बालकुमारीमा पुस १३ गते भएको घटनामा छानबिन आयोगले दोषी ठहर्‍याएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र पुरातात्विक क्षेत्र रामग्रामलाई व्यक्तिको जिम्मा लगाउन खोज्ने संस्कृति मन्त्री सुधन किराँतीले राजीनामा गर्नुपर्ने एमालेले लगातार संसदमा उठाउँदै आएको थियो ।

सोमवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेटका सिद्धान्त पेश गर्ने कार्यसूची छ । सोही कार्यसूचीका कारण एमाले संसद अबरोध खोल्न लचिलो बनेको हो ।

Ads

सम्बन्धित पोष्टहरू