Ads

एमालेले भन्यो- प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, मन्त्रीलाई बर्खास्त गरियोस्


काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मन्त्रीहरूको बर्खास्तीको माग यथावत राखेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री सुदन किराँतीले कि राजीनामा दिनुपर्ने कि प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग राखेको हो ।

‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, के गर्नुहुन्छ ? कि बर्खास्त गर्नुपर्‍यो,’ एमाले सांसद गोकुल बाँस्कोटाले भने । ६ फागुनदेखि लगातार उठाउँदा पनि सरकारले प्रतिपक्षीको माग सुनुवाइ नगरेको उनले बताए ।

‘स्वास्थ्य मन्त्रालय विवादमा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धाउनु परेको छ । प्रश्न उठेपछि पद छोड्न केले रोकेको छ ? भौतिकमन्त्री, गृह, स्वास्थ्य र पर्यटन मन्त्रीले पद छोड्नुपर्छ,’ उनले भने, ‘एउटै कुरा बारम्बार उठिरहेको छ । सरकारको कानमा रुवा कसले हालेको छ ? विपक्षीले उठाएको कुरा नजरन्दाज गरेको छ ।’

Ads

सम्बन्धित पोष्टहरू