Ads

संसद भवन परिसरभित्र प्रवेश गरे लघुवित्त पीडितहरू


काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार, कम्तिमा १८ जनालाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वर लगिएको छ ।

‘भित्रबाट बोलाएको भन्दै दुई/तीन जना छिरेछन्, पछि अरु पनि छिरेको भन्ने आएको छ’, एआईजी थापाले भने, ‘के भएको हो भन्ने बुझ्न जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्री आफैं त्यहाँ पुग्दै हुनुहुन्छ ।’

जबरजस्ती प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको एआईजी थापाले बताए । सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना जान दिइँदैन ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार नारावाजी गर्दै संसद भवनभित्रै प्रवेश गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू