Ads

लघुवित्तऋणी संसद भवन प्रवेश प्रकरण छानबिन गर्न समिति गठन


काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र लघुवित्तपीडित छिरेको घटनाबारे छानबिन गर्न समिति बनेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका एसएसपी दिनेश मैनाली नेतृत्वको समिति बनाएको हो ।

समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयकै डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

चारैतर्फ तैनाथ गरिएको सुरक्षा घेरा तोडेर सोमबार पीडित संसद् भवन छिरेका थिए । त्यसरी भित्र छिरेकाहरूमध्ये ४८ जना महिला र एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू