Ads

राष्ट्रिय सभाको अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष आफ्नै पार्टीबाट हुने दाबी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शर्माले राष्ट्रियसभाको ठूलो दलको हिसाबले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताए ।

‘राष्ट्रिय सभाको सबभन्दा ठूलो दल हाम्रा हो । उसले दाबी नगरे कसले गर्छ ? संस्थागत रुपमा कसैको पनि सहमति भएको छैन । संस्थागत सहमति भएको छैन’, उनले भने, ‘ठूलो दलले दाबी नगरेमा कसले गर्ने ? भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसदमा पनि हुँदैनौँ । सरकारमा पनि हुँदैनौँ । सबैतिर शून्य हुन्छ । त्यो हाम्रै हुन्छ ।’

नेता शर्माले कांग्रेस महासमितिले आगामी निर्वाचनमा गठबन्धन नगर्ने भनी गरेको निर्णयबारे स्थायी कमिटी बैठकमा छलफल हुने बताए ।

Ads

सम्बन्धित पोष्टहरू