Ads

यौन दुर्व्यवहार आरोपमा कृष्ण कँडेलविरुद्ध मुद्दा


काठमाडौँ । लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ ।

आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् ।

उनी सञ्चालक रहेको इन्द्रेणी कार्यक्रमकी कलाकार तथा कर्मचारी रहेकी एकजना महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी हुन्।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले कँडेलविरुद्ध मुद्दा दर्ता भएको पुष्टि गरेका छन्। महिलाले मुद्दा दर्ता गराएपछि कँडेलका नाममा अदालतमा उपस्थित हुन २१ दिनको म्याद जारी गरिएको पन्थीले बताएका छन्।

अब कँडेलले अदालत उपस्थित भएर जवाफ दिनु पर्नेछ। त्यसपछि थप कानुनी प्रक्रिया अघि बढ्ने पन्थीले जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू