काठमाडौं । सोमबार प्रतिनिधीसभामा प्रमुख प्रतिपक्षी लगायतका दलहरुले सरकारलाई किसानको उधारो दुधको मुल्य दिन भन्दै आक्रोश पोखे । सभामुखले सरकारलाई जवाफ दिन रुलिङ् गरे । केहि बेर संसद रोकियो अनि शुरु भयो ।
प्रतिपक्षी दलहरुको यो आक्रोशसँगै समस्या समाधानमा प्रधानमन्त्रीले चासो देखाएका छन् । दुग्ध विकास संस्थानले दूध खरिद गरे बापत किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका हुन् ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा। बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई बोलाएर दुग्ध किसानहरूको दूधको भुक्तानी तुरुन्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।
सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरुन्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । प्रधानमन्त्रीले भने, ‘किसानहरूले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस् । निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस् ।’
प्रतिक्रिया दिनुहोस्