काठमाडाैँ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स घोटाला प्रकरणमा अनुसन्धानकाे काम भइरहेकाे बताएका छन् ।
संसदकाे लेखा समितिमा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिने क्रममा प्रमुख आयुक्त राईले बयानकाे काम टुंगिएकाे र थप अनुसन्धान भइरहेकाे जानकारी दिए ।
प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहन बस्नेतसँग पनि अख्तियारले बयान लिएकाे थियाे । ‘टेरामक्समा करिब बयान टुंगो लाएको छ । अध्ययन अनुसन्धानको काम भइरहेको छ । केही समयमा रिजल्ट आउँछ’, राईले भने,’ अन्तिम चरणमा छौँ ।’
टेरामक्स घोटाला प्रकरणमा प्रमुख विपक्षी नेकपा एमालेले मन्त्री बस्नेतकाे राजीनामा माग्दै आएकाे छ । तर, मन्त्री बस्नेत भने आफूले कुनै किसिमकाे अनियमितता नगरेकाे दाबी गर्दै आएका छन् । प्रकरणबारे प्रश्न साेध्दा साेमबार उनी पत्रकारसँग जंगिएका थिए ।
प्रतिक्रिया दिनुहोस्