काठमाडाैँ । भजनशिराेमणिकाे समेत उपाधि पाएका वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यकाे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएकाे छ ।
उनका छोरा गायक सत्यराज र स्वरूपराज आचार्यले उनको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् । दागबत्ती दिने क्रममा सत्यस्वरुप भावविह्वल देखिएका थिए ।
अन्तिम संस्कारका क्रममा नेपाल प्रहरीले सलामी दिएकाे थियाे । उपस्थित कलाकारसहितले भक्तराजकाे बहुचर्चित ‘जहाँ छन् बुद्धका आँखा…’ गीत गाएर उनीति सम्मान अर्पण गरेका थिए ।
आचार्यकाे साेमबार अपराह्न निधन भएकाे थियाे । नेपाली सुगम संगीतमा उनका सयाैँ गीतहरू कालजयी छन् ।
हेर्नुहाेस् तस्वीरहरू :
प्रतिक्रिया दिनुहोस्