Ads

युद्ध बिरामको पर्खाईमा गाजापट्टी


एजेन्सी\ युद्धको त्रासका बीच बाँचिरहेका गाजाका नागरिकहरुले अमेरिकी राष्ट्रपति जो बाइडनले दिएको युद्धविरामको खबरसँगै खुसीको सास फेरेका छन् । अमेरिकी राष्ट्रपति बाइडनले अर्को हप्ता युद्धविराम हुनसक्ने बताएका छन् । युद्ध रोकिने आशामा गाजापट्टीमा खुसीयाली छाएको हो । खुसीको खबरसँगै धेरैले विहानीको खाजा एक साथ खाने बताएका छन् ।

युद्ध रोकिने आशामा मानिसहरुले बजारभरी खानेकुरा खोज्न र आफ्ना बालबच्चालाई मनोरञ्जन दिने प्रयास गरेका छन् । साथै भीडभाडयुक्त अस्पतालमा काम गरेका छन् । इजरायल(गाजा युद्ध अक्टोबर ७ मा सुरु भएको हो । हमास बन्दुकधारीहरूले दक्षिणी इजरायलमा आक्रमण गरी १ हजार २ सय जनाको मृत्यु भएपछि इजरायलले जवाफी कारवाही स्वरुप गाजामा आक्रमण शुरु गरेको हो ।

हमासले बन्धक बनाएका २ सय ५३ जना मध्ये अझै पनि १ सय ३० जना हमासकै कब्जामा छन् । इजरायली आक्रमणमा परी गाजामा हालसम्म २९ हजार ८ सय प्यालेस्टायनीले ज्यान गुमाएको हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू