काठमाडाैँ । पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्यायन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ ।
पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वको सिफारिस समितिले बिहीबार प्रतिवेदन बुझाएको हो ।
समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्त रूपमा प्रतिवेदन बुझाएको हो ।
समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरी चारवटा बुँदा समावेश गरिएको छ । पहिलो बुँदामा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिक रूपले प्रभावकारी बनाउन सोल्टी होटलको शेयर बिक्री गर्ने रहेको छ ।
त्यस्तै चौथो बुँदामा निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनलाई प्रभावकारी कार्यन्वयनका लागि मन्त्री किराँतीले निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्