काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार सभामुख देबराज घिमिरेले कार्य ब्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् भने परराष्ट्र मन्त्री नारायणप्रकाश साउँदले ‘बिमेस्टेक वडापत्र’ प्रस्तुत गर्नेछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने र बैठकमा प्रस्तुत गर्नेछिन् ।
अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार विधेयक २०८० माथि बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्य ब्यवस्था समितिको प्रतिवेदनसहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मुल्याङ्कन विधेयक २०८० माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्