Ads

बाटो माथिबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु


मुगु । मुगुम कार्मारोङ गाउँपालिकामा एक पुरुषको ढुङ्गा लागेर आज मृत्यु भएको छ । मुगुम कार्मारोङ–६ रिउस बगरमा रहेको जलविद्युत्मा काम गर्न घरबाट हिँडेका सोही गाउँपालिका–५ का ५० वर्षीय कोन्जोक लाक्याप लामाको सडक माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको हो ।

विद्युत् गृहको नहर पहिराले क्षति गरेपछि वडा नं ५ र ६ का स्थानीयको आज काम गर्ने पालो थियो । सोही कामका लागि मृतक लामासहित अन्य चारजना सेरोग गाउँबाट रिउस आउँदै गर्दा तिलिकछु भन्ने स्थानमा माथिबाट आएको ढुङ्गा लागेर घाइते बनाएको थियो ।

घाइते भएका लामालाई स्थानीय र पुलु प्रहरी चौकीले तत्काल उद्धार गरी पुलु स्वास्थ चौकी पुर्याए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल गमगढी लैजाँदै गर्दा बीच बाटोमा मृत्यु भएको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू