Ads

फ्रेन्च लिगमा सावित्राको पहिलो गोल


काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले फ्रेन्च लिगमा पहिलो गोल गरेकी छन् ।

शनिबार भएको खेलमा सावित्राले क्लबका लागि ‘डेब्यु’ गोल गर्दा एन अभान्त गेङगाम एफसीले लिलविरुद्ध २–० को जित निकालेको छ ।

खेलको ८६औँ मिनेटमा मैदान प्रवेश गरेकी सावित्राले इन्जुरी समयमा टिमका लागि गोल गरेकी हुन् । त्यसअघि एन्टोनी स्टारोभाले पेनाल्टीमा गोल गर्दै गेङगाम्प एफसीलाई अग्रतामा राखेकी थिइन् ।

जितसँगै १६ खेलबाट १५ अंक जोडेको गेङगाम तालिकाको नवौँ स्थानमा उक्लिएको छ । समान खेलबाट आठ अंक जोडेको लिल तालिकाको ११औँ स्थानमा छ ।

Ads

सम्बन्धित पोष्टहरू