काठमाडौं । चितवनको रत्ननगर नगरपलिका–१० स्थित एकता शिशु निकेतन विद्यालयलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको छ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टमको रिपोर्ट आइतबार आएको हो। आइतबार पोस्टमार्टम रिपोर्ट आएपछि बालिका शालिनको मृत्यु ह्याङगिङका कारण भएको खुलेको हो। यसअघि बालिकाका आफन्तले शालिनलाई बलात्कारपछि हत्या गरेको आरोप लगाएका थिए।
तर पोस्टमार्टम रिपोर्टमा भने बलात्कार पनि देखिएन। शालिनको कन्याजाली नच्यातिएको देखिएकाले बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको एक चिकित्सकले नेपाल लाइभलाई जानकारी दिए। त्रिवि शिक्षण अस्पतालका डाक्टर गोपाल चौधरीको टिमले पोस्टमार्टम गरेको थियो। घटनास्थलमा सुसाइड नोट समेत फेला परेको थियो।
कक्षा ८ मा अध्ययनरत शालिन गत फागुन १२ गते बोर्डिङको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। शालिन मृत भेटिएपछि बालात्कारपछि हत्या भएको भन्दै आफन्तले प्रहरीमा किटानी जाहेरीसमेत दिएका थिए।
त्यसपछि चितवन प्रहरीले बोर्डिङका प्राधानाध्यापक बालहरि देवकोटा, सहप्राधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्