Ads

कांग्रेसले निजी क्षेत्रलाई सिध्याइदिएको ओलीको आरोप


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले निजी क्षेत्रलाई समाप्त पारेको आरोप लगाएका छन्।

आइतबार संसद् भवनमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले नेपालमा भएका केही उद्योगहरुलाई पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने जमानामै सकिदिएको जिकिर गरे।

उनले कांग्रेसले नेपालमा भएका उद्योगहरुलाई भ्रष्ट र कमिसनखोरी बनाइदिएको बताए। उनले बाँसबारी छाला जुत्ता कारखाना र हेटौँडा कागज कारखाना चलाउनका लागि निकिनिएको बताए।

उनले भने, ‘हामीले औद्योगिकीकरण गर्नुपर्नेछ। दुनियाँमा औद्यागिक क्रान्ति उहिल्यै चल्यो। हामी कहाँ दुई चारवटा उद्योग आएको पनि निजीकरण भनेर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने एउटा कुरा थियो। निजी करण भनेर कांग्रेसले उहिल्यै सिध्यायो। निजी क्षेत्रलाई पनि सिध्याइदियो।’

अध्यक्ष ओलीले नेकपा एमालेले निजी क्षेत्रलाई विकास र आर्थिक उन्नतिको इन्जिन बनाउन चाहेको बताए।

Ads

सम्बन्धित पोष्टहरू