Ads

अर्थमन्त्रीलाई ओलीकाे प्रश्न: ‘कहाँबाट कुन अर्थशास्त्रमा पिएचडी गर्नुभएको हो?’


काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार कसैले बनाइदिएर टिकाएको आरोप लगाएका छन्।

अहिलेको सरकारले शक्ति पृथकीकरणको सिद्धान्तसमेत बुझ्न नसकेको उनको भनाइ छ।

काठमाडौंमा आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले भने, ‘यस्तो बेहालको अलोकतान्त्रिक र शक्ति पृथकीकरण सिद्धान्त नै नबुझेको सरकार छ।’ उनले अर्थमन्त्री प्रकाशशरण महतले कसैसँग पनि परामर्श नगरेको बताए।

‘अर्थमन्त्रीलाई के लागेको छ भने अर्थमन्त्री यस्तो डिक्टेटर हो, जसले नियम कानुन, मर्यादा, प्रचलन आदि केही हेर्नु पर्दैन भन्ने लागेको छ। त्यो देखिन्छ,’ उनले भने, ‘न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ, न केही गर्नुहुन्छ। सुनेको, अर्थशास्त्रमा पिएचडी गर्नुभएको भन्ने, कुन अर्थशास्त्रमा कहाँबाट पिएचडी गर्नुभएछ? अचम्म लाग्छ।’

उनले देशको अर्थतन्त्र ओरालो लागेको पनि बताए। अर्थमन्त्री महलेले ०४८ सालमै असफल भइसकेका सिद्धान्त दोहोर्‍याउन खोजेको अध्यक्ष ओलीको भनाइ छ।

‘यो सरकार बन्नु नै नहुने सरकार थियो। सरकार कसैले बनाइदिएर कसैले टिकाइदिएको हो,’ अध्यक्ष ओलीको आरोप छ। उनले आइपरे एमाले सत्तामा जाने पनि बताए।

Ads

सम्बन्धित पोष्टहरू