चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० लप्सेमा रहेको विष्णु कृषि एग्रो फार्ममा आइतबार आगलागी हुँदा २०० वटा बाख्रा जलेर मरेका छन् ।
आगलागीका कारण बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट हुँदा एक करोड ५० लाख बराबरको क्षति भएको सञ्चालक विनोद खड्काले जानकारी दिए । हाई भोल्टेजका कारण विद्युत् लाइन सर्ट भई आगलागी भएको हुन सक्ने स्थानीय मीनराज गिरीले बताए । वैदेशिक रोजगारबाट फर्किएका खड्काले एक करोड लगानी गरेर बयर जातका बाख्रा फार्म सञ्चालन गर्दै आएका थिए ।
आधुनिक तरिकाले खोर बनाएर दुई तलामै खड्काले बाख्रापालन गर्दै आएका थिए । खोरमा रहेका एउटै बयर जातका बोका तथा बाख्राको एक लाख ५० हजारदेखि दुई लाखसम्म मूल्य पर्छ
प्रतिक्रिया दिनुहोस्