Ads

गठबन्धनको बैठक स्थगित, एमालेको सचिवलाय बैठक बालकोटमा


काठमाडौँ– नयाँ गठबन्धन बन्ने भएपछि अहिलेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको हो । समसामयिक परिस्थितिमा छलफल गर्न बोलाइएको बैठक सत्ता गठबन्धनमा खटपट आएपछि स्थगित भएको स्रोतले जनाएको छ ।

बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएपनि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अब एमाले माओवादी केन्द्रसहितको नयाँ गठबन्धन बन्ने सम्भावना बढेको छ ।

यसै विच सत्ता समिकरणमा फेरबदल आउने संकेतसँगै नेकपा एमालेको सचिवलाय बैठक पार्टी अध्यक्षको निवास बालकोटमा जारी छ । बिहानन ७ बजे देखि बैठक भइरहेको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू