काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढंगले छलफल गर्न तयार रहेको निष्कर्ष निकालेको छ । आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।
बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले अहिले भइरहेको गठबन्धनसँगको सहकार्य टुटाउन तयार हुनुपर्ने बताए । प्रधानमन्त्री सो गर्न तयार भए एमाले नयाँ ढंगबाट छलफल गर्न तयार रहेको उनको भनाई छ ।
यस अघि नयाँ गठबन्धन बन्ने भएपछि अहिलेको सत्ता गठबन्धनको बैठक स्थगित भएको थियो । आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको हो ।
समसामयिक परिस्थितिमा छलफल गर्न बोलाइएको बैठक सत्ता गठबन्धनमा खटपट आएपछि स्थगित भएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्