Ads

आज सुनचाँदीको मूल्य स्थिर


काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ । कारोबार साताको पहिलो दिन आइतबार तोलामा एकै पटक २ हजार रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदी आज प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू