काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् ।
सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए ।
उनले कांग्रेसले गठबन्धन नतोडेको भन्दै नयाँ रणनीति केही नभएको र प्रतिपक्षीमै रमाउने बताए ।
बैठकबाट बाहिरिँदा कानुनमन्त्रीसमेत रहेका कांग्रेस उपसभापति धनराज गुरुङ राष्ट्रिय झण्डा छोपेर बाहिरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्