काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।
सोमबार पार्टी निकट मजदुरहरूको संगठन जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता समीकरणमा भएको फेरबदलले देश भताभुंग अवस्थाबाट सकारात्मक अवस्थातिर फर्किने विश्वास व्यक्त गरे ।
‘हामी अलिक नयाँ ढंगले जान खोजिरहेका छौं। आजको राजनीति छिटोछिटो परिवर्तन हुँदै गरेको छ,’ उनले भने, ‘हेरौं कत्तिको प्रभावकारी ढंगले अगाडि बढ्छ । आंशिकरूपले भए पनि देशको भताभुंग बिग्रिएको छ, त्यसबाट सकारात्मक बाटोतर्फ अगाडि बढ्छ भन्ने विश्वास मैले लिएको छु ।’
एमाले निर्णायक शक्ति भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने उनले बताए ।
आजै कांग्रेसहितको गठबन्धन तोडेर एमालेसहित नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धनअनुसार आजै मन्त्रिमण्डल विस्तार हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्