Ads

प्रतिक्रियावादीले उपयोग गर्न खोजे लात्तीले हानेर निस्कन्छु : प्रचण्ड


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे जुनसुकै बेला लात्तले हानेर निस्कने बताएका छन् ।

सोमबार शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई कतिपयले अविश्वसनीय भने पनि आफू त्यस्तो नभएको दाबी गरे ।

उनले भने- मलाई र मेरो नेतृत्वको आन्दोलनलाई प्राय मान्छे प्रतिक्रियावादीहरुले भन्ने गर्छन्। धेरै नै अविश्वसनीय। भन्ने नसक्ने कति बेला कता फड्किन्छ। बुझ्नै नसकिने मान्छे भन्छन्, तर, म त्यस्तो होइन। म नेपालका श्रमिक जनता, नेपालका महान् योद्धा, घाइते अपाङ्ग र राष्ट्रप्रति इमानदार छु म। त्यसका लागि म निरन्तर कायम छु। तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने पनि कुनैपनि बेला लात्तीले हानेर निस्कन सक्छु। त्यसकारण उनीहरूको लागि विश्वासनिय हुन पनि परेको छैन। त्यसैले आजको दिन नयाँ क्रमभंगको दिन बन्न पुगेको छ। त्यसैले एकताबद्ध हुनुको विकल्प छैन।

Ads

सम्बन्धित पोष्टहरू