Ads

टि–२० प्रतियोगिता क्रिकेटको विकासमा कोसेढुङ्गाः मुख्यमन्त्री कार्की


मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरमा सञ्चालित राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताले यस क्षेत्रको क्रिकेटको विकासमा कोसेढुङ्गा सावित हुने बताएका छन् ।
विराटनगर–१९ स्थित बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आजदेखि सुरु भएको टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले प्रतियोगिताबाट समग्र प्रदेशको विकासमा टेवा पुग्ने बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशका ग्रामीण, सहरी र दुर्गम क्षेत्रका युवायुवतीलाई क्रिकेटप्रति आकर्षण गराउन यो प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । प्रतियोगिताबाट यहाँ लुकेर रहेका खेलाडीको पहिचान भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट र्ङ्गशाला यहाँ हुनु गौरवको विषय भएको चर्चा गर्दै पूर्वाधार विकासका साथै सौन्दर्यकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खेललाई रोजगारसँग जोड्नुपर्ने भन्दै यस कार्यमा सरकार खेलाडीसँग हातेमालो गरी आगाडि बढ्ने बताउनुभयो ।

नेपाल क्रिकट सङ्घका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिताले  दक्ष खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए । उनले क्रिकेटको माध्यमबाट मुलुकको विश्वजगतमा पहिचान बन्दै गएको बताए । अध्यक्ष चन्दले यहाँको खेल तथा अभ्यास मैदानका साथै समग्र क्रिकेटको विकासका लागि क्यानले आवश्यक सामग्री, प्रशिक्षण र प्रशिक्षक उपलब्ध गराउन सदैव तयार रहेको धारणा राखे ।

आगामी चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता हुने टिमलाई रु पाँच लाख र उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत आजको पहिलो खेल कोशी र कर्णाली प्रदेशबीच भइरहेको छ भने दोस्रो खेल सुदूरपश्चिम र गण्डकी प्रदेशबीच हुनेछ । प्रतियोगिता लिगका आधारमा हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू