Ads

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत


संखुवासभा । नेकपा एमाले संखुवासभा जिल्ला कमिटीको अध्यक्षमा खड्गबहादुर राई सर्वसम्मत भएका छन् ।

सोमबारदेखि जिल्ला समन्वयन समितिको हलमा जारी नवाैँ जिल्ला अधिवेशनको बन्दसत्रले मंगलबार राईलाई जिल्ला कमिटी अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा चैनपुर नगरपालीका पुर्व मेयर तथा नेता भरत खत्रीले उम्मेद्वारी फिर्ता लिएसंगै राई सर्वसम्मत भएका हुन ।  सहमतिका लागि सोमबार र मंगलबार विहानसम्म प्रयास गरिएको थियो ।

जिल्ला कमिटी उपाध्यक्ष, सचिव, उपसचिवमा पनि सर्वसम्मतको प्रयास भैरहेको छ । बन्दसत्रबाट नेतृत्वको आैपचारीक घोषणा भने गरीएको छैन ।

सोमबारदेखि सुरु भएको ९ आैँ जिल्ला अधिवेशनमा एक हजार जना भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरूलाई साँझ नै पद तथा गोपनीयताको शपथ गराइएको निर्वाचन समितिका एक सदस्यले बताए ।

नेकपा एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य शेरधन राई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य जीवन घिमिरे, तुलसी न्यौपानेलगायतका नेता अधिवेशनमा पुगेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू