Ads

गठवन्धनमा थपिने दल निश्चित नहुँदा भागवण्डामा ढिलाई


काठमाडौँ– सत्ता गठबन्धनमा थपिने दलहरूको संख्या निश्चित भएपछि मात्र सिट बाँडफाँटको टुङ्गो लगाउने भइएको छ ।  यसअघि सत्तामा रहेका नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले आन्तरिक छलफल गरेर निर्णय दिने भनेकाले सिट बाँडफाँटको टुङ्गो नभएको हो ।

सिट बाँडफाँटको टुंगो लगाउन हिजो प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको थियो ।  साँझ ६ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर गएपछि बैठक स्थगित भएको हो । साना दलहरूको निर्णय आएपछि कार्यदलको बैठक बस्ने र सिट बाँडफाँटको टुङ्गो लगाइने कार्यदलका एक सदस्यले बताए ।

Ads

सम्बन्धित पोष्टहरू