Ads

आजै विस्तार होला त मन्त्रिपरिषद ?


काठमाडौँ– मन्त्रालयको बाँडफाँट मिलाउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । सत्ता गठबन्धनको बैठक आज बिहान ११ बजेपछि बस्ने भएको हो ।  यसअघि हिजो बसेको  कार्यदलको बैठकमा गठबन्धनमा थपिने दलहरूको संख्या निश्चित भएपछि मात्र सिट बाँडफाँटको टुङ्गो लगाउनेबारे छलफल भएको थियो ।

नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले आन्तरिक छलफल गरेर निर्णय दिने भनेकाले आज गठबन्धनको बैठक बसेर मन्त्रालयको बाँडफाँट मिलाउन तयारी गरिएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू