काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भइरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भइरहेको बताइएको छ । छलफलमा प्रधानमन्त्रीले एकीकृत समाजवादीसँग मिलेर जानुपर्ने बताएका थिए ।
जवाफमा खनालले वामपन्थीहरुको कार्यगत एकता गरेर जानुपर्ने पक्षमा आफू रहेको बताएका छन् । खनालको सचिवालयका अनुसार सरकरामा सहभागी भएर कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले मिलेर जाने प्रस्ताव मंगलबार अध्यक्ष माधवकुमार नेपाललाई गरेका थिए । आज सचिवालय बैठक बसी जवाफ दिने जानकारी नेताहरुले दिएका छन् ।
उता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रमेश लेखकले अध्यक्ष नेपाललाई आज बिहान भेटेर मिलेर जाने प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्